एडमण्ड सिटी हस्पिटलकाे निःशुल्क स्वास्थ्य शिबिर

३५० जना भन्दा बढी लाभान्वित

बुटवल, २७ पुस ।
बुटवलको जितगढी स्थित एडमण्ड सिटी हस्पिटलद्वारा आयोजित एक दिने बृहत निःशुल्क स्वास्थ्य शिबिर शनिबार सम्पन्न भएको छ ।

बृहत स्वास्थ्य शिविरकाे शनिबार बिहान एक कार्यक्रमकाबीच बुटवल उपमहानगरपालिका वडा नं १३ का अध्यक्ष नारायण सिं पुनले शुभारम्भ गरेका गर्नु भएकाे थियो।

साे अवसरमा वडा अध्यक्ष पुनले बृहत निःशुल्क स्वास्थ्य शिविर राखेर अस्पतालले मानवीय सेवाको काम गरेको भन्दै अन्य अस्पतालहरूले पनि यस्ता खालका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयो ।

अस्पतालका अध्यक्ष प्रकाश रानाले यस क्षेत्रका जनतालाई आफ्नो नजिकै रहेको अस्पतालबाट एक दिन भए पनि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जानकारी गराउदै यसलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भएको छ ।

बृहत निःशुल्क स्वास्थ्य शिविर मार्फत ३५० बढी नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा लिएको यस अस्पतालका जनसम्पर्क अधिकृत तथा कार्यक्रम सञ्चालक मुक्ति काफ्लेले जानकारी दिनुभयो ।

शिविरमा हाडजोर्नी तथा नसा रोग विशेषज्ञ, जनरल तथा ल्याप्रेसकोपिक सर्जरी सेवा, बालरोग, स्त्री तथा प्रसुती रोग, जनरल फिजिसियन, दन्तरोग, सुगर, थाइरोइड, भिडियो एक्स-रे सेवा निःशुल्क परीक्षण गरिनुका साथै औषधि बितरण समेत गरिएको थियाे।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

न्युरो विशेषज्ञ सेवा मात्र एडमण्ड सिटी हस्पिटलमा

MBBS, MS (Neurosurgery) PhD, Cerebrovascular Neurosurgery