छत्रगंञ्जमा निःशुल्क शिविर सम्पन्न

छत्रगंञ्ज रुपन्देही सम्पर्क समाज बुटवलको आयोजना र एडमण्ड सिटी हस्पिटलको प्राविधिक सहयोगमा एक दिने बृहत निःशुल्क स्वास्थ्य शिविर छत्रदेव गाउँपालिका वार्ड नम्बर ५ मा रहेको सार्वजनिक माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

शिबिरमा अर्थोपेडिक विशेषज्ञ डा. प्रकृतिराज कडेल, प्रस्तुति तथा महिला रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेती, जनरल फिजिसियन विशेषज्ञ डाक्टर केशब राज शर्मा, मेडिकल अफिसर डाक्टर रोहित खड्का, रेडियोलोजिष्ट डाक्टर विकाश घिमिरेले लगायतले सेवा दिनुभएको थियो ।

शिबिरमा निःशुल्क रुपमा नसा तथा हार्डजोर्नी रोगको विशेषज्ञ डाक्टरबाट सेवा लिन गाउँमै पाएकोमा मोटो रकम तिरेर बुटवल, तम्घास, सन्धिखर्क तत्काल उपचार गर्न जानुपर्ने बाध्यता नरहेकको स्थानियबासीहरुले बताएका छन् । पहाडी जिल्लाका ग्रामिण बस्तीमा अझै पनि सचेतनाको कमीले गर्भबति हुने बेलामा भारि काम गर्दा महिलाहरुमा सेतोपानी बग्ने, पाठेघर खस्ने, कोखा दुख्ने, नियमित महिनाबारी नहुने, टाउको दुख्ने जस्ता समस्या भएका बिरामी बढीमात्रामा चेकजाँच गर्न आएको प्रस्तुति तथा महिला रोग विशेषज्ञ डाक्टर सतिश रुपाखेतीले बताउनु भयो । 

उक्त कार्यक्रममा छत्रदेव गाउँपालिका उपाध्यक्ष मनि पन्थी, प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरे, एडमण्ड सिटि अस्पतालका अध्यक्ष प्रकाश राना, उक्त गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपाने, वार्ड नम्बर ५ का अध्यक्ष बालकृष्ण पोखरेल, वार्ड नम्बर ६ का अध्यक्ष कमल पौडेल, वार्ड नं. ३ का तेज प्रसाद खनाल, बालकृष्ण श्रेष्ठ, टिन प्रसाद प्रधान, यस अस्पतालका जनसम्पर्क प्रमुख मुक्ति काफ्ले, ल्याव टेक्निसियन सन्दिप अर्याल लगायतको सहभागी रहेको थियो । निःशुल्क स्वास्थ्य शिबिरमा ठुलापोखरा, बल्कोट, चिदिका, अर्घातोष, भगवती, केरुङ्गा ,छत्रगञ्ज लगायतका ठाउँबाट आएका बिभिन्न रोगका झन्डै ७ सय बिरामीले सेवा लिएका थिए ।

2 thoughts on “छत्रगंञ्जमा निःशुल्क शिविर सम्पन्न”

  1. हामीले यस्ताे खालकाे शिविर संचालन गर्नकाे लागि के गर्नुपर्ला ।

Leave a Reply to Edmond City Hospital Cancel Reply

Your email address will not be published. Required fields are marked *